२६ मंसिर काठमाडौँ । एसिसी यू १९ एसिया कपमा नेपालले भारतसँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । उक्त खेल दुबईको आइसिसी एकेडेमी ओभल(२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
सेमिफाइनल खेल्न नेपालले भारतमाथि मिराकल विशाल जित निकाल्न आवश्यक पर्दछ । उता पाकिस्तानले अफगानिस्तानलाई हराउन पर्छ । यो अवस्थामा नेपाल, भारत र अफगानिस्तानको समान २ अंक हुनेछ । नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनल खेल्नसक्छ ।
नेपालले दुबै खेलमा राम्रो ब्याटिङ गर्न सकेको छैन ।पाकिस्तानसँग उत्तमथापा मगरले सर्वाधिक ५१ र अफगानिस्तानसँग अर्जुन कुमालले ९१ रन बनाएका थिए ।