Logo

बुधवार, श्रावण १३ गते २०८३

१४ वर्षीया शालिन पोखरेल हत्याबारे पोस्टमार्टम रिपोर्टले  बलात्कार नभएको पुष्टि

१४ वर्षीया शालिन पोखरेल हत्याबारे पोस्टमार्टम रिपोर्टले  बलात्कार नभएको पुष्टि

जोईन खबर

२०, फाल्गुण २०८०
  • 1.1K
    SHARES
  • १४ वर्षीया शालिन पोखरेल हत्याबारे पोस्टमार्टम रिपोर्टले  बलात्कार नभएको पुष्टि

    २० फागुन काठमाडौँ । जिल्ला चितवनको रत्ननगर नगरपालिका वडा न —१०का टाँडीस्थित  एकता  शिशु निकेतनमा अध्ययनरत १४ वर्षीया शालिन पोखरेल हत्याबारे पोस्टमार्टम रिपोर्टले बलात्कार नभएको पुष्टि गरेकाे छ ।आज काठमाडौँको त्रिवि शिक्षण अस्पताल टिचिङमा गरेको  पोस्टमार्टमले बताएको हो।उनकाे जन्म घर भने गाेरखा अजिरकाेट गाउँपालिका वडा न ५ मुच्चाेक रहेकाे छ । उनकाे फागुन १२ गते शनिबार स्कुलकाे ‘झुण्डिएकाे अवस्थामा भेटिएकाे थियाे ।

    images

    चिकित्सहरूले पोस्टमार्टम रिपोर्ट आज आइतबार चिवतन प्रहरीलाई हस्तान्तरण गरेका छन् । रिपोर्टमा उनको मृत्युको कारण ‘झुण्डिनु’ उल्लेख गरिएको छ । मृतकका परिवारले उनीमाथि बलात्कार भएको दाबी गरे पनि पोस्टमार्टम रिपोर्टले भने बलात्कार नभएको पुष्टि गरेको छ । रिपोर्टका अनुसार उनको कन्याजाली नच्यातिएको चिकित्कारहरुले बताएका हुन् । 

     उक्त घटना भएको दिन देखि  १४ वर्षीया शालिन पोखरेलको बलात्कार पछि हत्या भएको दावीमा यस विद्यालयका प्रिन्सिपल, सहायक प्रिन्सिपल र होस्टलका वार्डेनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पोखरेल होस्टलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । होस्टलमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ । थप विवरण्को अनुसनधान भई रहेको प्रहरीको भनाई छ । 

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १५:०३:५० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको