२७ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरी झडप भएको छ । राप्रपाले ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको र जुलस भृकुटीमण्डपबाट सुरु भएको थियो । जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोक्दा तनाव बढेको थियो ।
त्यस क्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हाने पछि प्रदर्शनकारी नरोकिएपछि प्रहरीले लाठी चार्ज गरेको हो ।प्रहरीले गरेको लाठी चार्जबाट प्रदर्शनकारी घाइते भएका प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने भन्दै आन्दोलन गरेको थियो ।
प्रहरीले भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा लाठी चार्ज गर्दा केही नेता कार्यकर्ता घाइते भएका प्रवक्ता मोहन श्रेष्ठले बताए । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेर गाउ पछि बल प्रयोग भएको हो ।