१७ वैशाख काठमाडौँ । डेढ करोड रकम र एक किलो ८ सय ग्राम सुनसहित तीन भारतीय र चार नेपाली इन्द्रचोकबाट पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन र नगदसहित पक्राउ गरेको हो । तीन भारतीयसहित चार नेपाली इन्द्रचोक चोखाटे गली आसपास क्षेत्रबाट पक्राउ परे ।
पक्राउ पर्नेमा भारतीय नागरिक अमूल विभूति, ऋषिकेश विभूति र गणेश बाल्टे रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने नेपालीहरूमा विर्तामोड झापाका ३० वर्षीय दिनेश खरेल, सोही स्थानका २२ वर्षीय भरतराज खरेल दार्चुलाका २१ वर्षीय आयुष बडु र दार्जुलाकै ४७ वर्षीय गणेशदत्त बडु रहेका छन् ।
प्रमुख व्यापारिक केन्द्र न्युरोड क्षेत्रबाट यति ठुलो अवैध धनमाल पक्रनुलाई आश्चर्यको रुपमा लिइएको छ ।