२२ जेठ काठमाडौँ । इलाम जिल्लाको चुलाचुली गाउँपालिका रतुवा खोलाले बोलेरो जिप बगाउँदा २ जनाको मृत्यु भएको छ । यस घटना चुलाचुली गाउँपालिका वडा न ५ को रतुवा खोलामा भएको हो ।
बोलेरो जिप इलामको लारूम्बाबाट दमक आउँदै गरेको अवस्थामा रतुवा खोलाले बगाएको हो । जिपमा सवारमध्ये २ जनाको शव फेला परेको इलामका डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।
घटना सम्बन्धी सबै विवरण आएको छैन् । अहिलेसम्म बच्चा र महिलाको गरि दुईजनाको शव फेला परेको प्रहरीको भनाइ छ । गाडीको एउटा चक्का भेटिएको र उद्धारको लागि टोली त्यहाँ पुगेको डिएसपी जबेगुले बताए । खोलाले बगाएको जिप कति के नम्बर समेत भेटिएको छैन् ।