२२ जेठ काठमाडौँ । आज हुने नेपाल र नेदरल्याण्ड्सबीचको टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको खेल निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने भएको छ ।
खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन काठमाडौँ महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह–आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा टुँडिखेल, तीनकुने र हाँडिगाउँ लगायत ठाउँमा बिन शुल्क देखाउने तयारी पूरा भएको छ ।
आज साँझ ६ बजे टुँडिखेलमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । सांस्कृतिक कार्यक्रममा कलाकार इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतको साङ्गीतिक प्रस्तुति रहने छ ।
नेपाल र नेदरल्याण्ड्सबीच खेल अमेरिकाको डालासमा आज राति ९ः१५ बजे सुरु हुने छ । आज खेल हेर्ने काठमाडौँको टुँडिखेल युवाहरुको भिडभाड र चहलपहल धेरै नै बढेएको छ ।