Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपालका कप्तान रोहित पौडेल पनि आउट

नेपालका कप्तान रोहित पौडेल पनि आउट

जोईन खबर

२२, जेठ २०८१
  • 652
    SHARES
  • नेपालका कप्तान रोहित पौडेल पनि आउट

    २२ जेठ काठमाडौँ । टी–२० विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौ विकेट गुमाएको छ । नेपालले सातौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।चौथो नम्बरमा क्रिज समाल्न आएका उनी ३५ रन बनाउँदै आउट भए ।

    images

    यस क्रममा उनले ३७ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । १६औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८४ रन बनाएको छ ।  नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।खेल नेपाली समय अनुसार ९:१५ बजे सुरु हुनुपर्नेमा वर्षा कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

    images
    images
    images

    नेपाली टोलीरोहित पौडेल ९कप्तान०, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी मैदा उत्रिएका छन् । 

     

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - २३:२१:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको