२४ जेठ काठमाडौँ । भक्तपुर, स्रोत नखुलेको ६९ लाख भन्दा बढी रकम सहित चिनियाँ नागरिक पक्राउ परेका छन् । उक्त घटना भक्तपुर सूर्यविनायक नगरपालिका वडा न १० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाईहिजो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । उनीहरु केही रकम लिएर साँगाबाट जगातीतर्फ आउँदै गरेको बा।२ ज ५१६ नम्बरको ट्याक्सीलाई शंकास्पद भएकोले प्रहरीले चेकजाँच गर्दा ट्याक्सीमा सवार गर्ने मानिस र नगद रकमसहित पक्राउ गरिएको प्रहरीले बताए ।
उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।