Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई आर्थिक सहयोग प्रदान

 पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई आर्थिक सहयोग प्रदान

जोईन खबर

२५, जेठ २०८१
  • 763
    SHARES
  •  पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई आर्थिक सहयोग प्रदान

    २५ जेठ काठमाडौँ । नेपाल महिला फुटबल संघको पहलमा क्यान्सर पीडित पूर्व फुटबल खेलाडी गंगा गुरुङलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरिएको छ ।

    images

    महिला फुटबल संघका पदाधिकारी, खेल पत्रकार, शिक्षक र विदेशमा रहेका नेपालीबाट संकलित १ लाख ५ हजार रुपैयाँ जमुनालाई हस्तान्तरण गरिएको महिला फुटबल संघकी महासचिव विना श्रेष्ठले जानकारी गराइन् । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालबाट पहिलो गोल गर्ने पूर्व कप्तान तथा महिला फुटबल संघकी अध्यक्ष पेम्बा डोल्मा लामाले जमुनालाई नगद हस्तान्तरण गरिन् ।

    images
    images
    images

    अध्यक्ष लामाले रकम हस्तान्तरणपछि गंगाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी सबैलाई धन्यवाद दिइन् ।सो अवसरमा फुटबलकी मुख्य प्रशिक्षक अरुणा गुरुङ, नेपालबाट छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी तेक्वान्दोकी संगीना वैद्य, पूर्व कप्तानद्वय जमुना गुरुङ र चन्द्रा भण्डारीको पनि उपस्थिति रहेको थियो । गंगाले भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार गराइरहेकी छन् ।

    प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - १४:१२:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको