२७ जेठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा बोलेरो जीप र स्कुटर एकआपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन् । आज करिब १० बजे तिर गोरखा नगरपालिका – १० को १४ किलोमा गोरखाबजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३ – ०१ – ०२३ च ५७१७ नम्बरको बोलेरो जीप र आँबुखैरेनीबाट गोरखाबजार तिर जादै गरेको ग २३ प ७१४ नम्बरको स्कुटर एकआपसमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक उज्जल सिंहले बताए ।
दुर्घटनामा घाईत हुने तनुहँ आँबुखैरनी गाउँपालिका – ३ बस्ने ३३ वर्षीय युवराज गुरुङ र आँबुखैरनीको ३ का शिवमगर गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा घाइते स्कुटर चालकको टाउकोमा गम्भीर चोट र अर्को घाइतेको खुट्टामा चोट लागेको छ । दुर्घटनास्थलबाट घाइतेलाई १२ किलो चौकी र स्थानीयहरुले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बोलेरोले चालक चितवन खैरनी गाउँपालिका – ७ बस्ने दिपक शाह र बोलेरो जीपलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धन अघि बढाएको छ ।