२८ जेठ काठमाडौँ । मनसुन आउने मितिभन्दा तीन दिन अगाडि नै नेपालमा यो बर्षको मनसुन भित्रिएको छ । नेपालमा आजदेखि मनसुन भित्रिएको खबर जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज जानकारी दिएको हो ।
हाल कोशी प्रदेशमा केन्द्रित रहेको मनसुन नेपालका अन्य भूभागमा केही दिनभित्रै फैलिँदै जाने छ ।
नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बङ्गालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ । जुन १३ मा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने गर्दछ ।
यस मनसुन मितिभन्दा ढिलो–चाँडो पनि हुने गर्दछ । सरदर मितिभन्दा एक दिन ढिला गरी ३१ जेठमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो ।