२८ जेठ काठमाडौँ । वाइ वाइ सीजी फुड्स नेपालले समग्र नेपाली क्रिकेट विकासका लागि ६० लाख सहयोग गर्ने घोषणा गरेको छ।यस कम्पनीले राजधानीमा पत्रकार सम्मेलन गदै सिजीले नेपाल क्रिकेट संघ ९क्यान०को सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेट अवधारणा कार्यान्वयनमा सार्वजनिक गरेको हो।पत्रकार सम्मेलनको अवसरमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्का र सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्रिकेट स्पेसल एडिसन प्याकेटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
क्यानसँग सम्झौता गर्दै चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीले टी–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकका लागि वाई वाईको यो प्याकेट विशेष हुने बताएका छन्। वाई वाईले महिला यू १९ क्रिकेट टिमलाई समेत प्रायोजनबापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी ६० लाख क्यानलाई सहयोगको घोषणा गरेको छ।
यसअघि वाई वाईले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहनस्वरूप सुपर–८ मा पुग्न सफल भए ३० लाख तथा समग्र नेपाली टिमको मनोबल उच्च बनाउने उद्देश्यले प्रत्येक रनबापत १ हजार, प्रत्येक चौकाबापत ८ हजार दिएको थियो।
साथै सीजी कम्पनीले प्रत्येक छक्काबापत १२ हजार, प्रत्येक विकेटबापत १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ।