Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

मिसेस वर्ल्ड विजेता स्यामी नेपालमा, नेपाली हिमाल घुम्ने इच्छा

मिसेस वर्ल्ड विजेता स्यामी नेपालमा, नेपाली हिमाल घुम्ने इच्छा

जोईन खबर

१४, कार्तिक २०८३
  • 142
    SHARES
  • मिसेस वर्ल्ड विजेता स्यामी नेपालमा, नेपाली हिमाल घुम्ने इच्छा

    १३ कार्तिक काठमाडौं । मिसेस वर्ल्ड २०२५ की विजेता चानिता ‘स्यामी’ सिडाकेट क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को फिनालेमा विशेष अतिथिका रूपमा सहभागी हुन नेपाल आइपुगेकी छन्। आगामी कार्तिक १४ गते आयोजना हुने मिसेस नेपाल वर्ल्ड २०२६ को फिनालेमा सहभागी हुन नेपाल आएकी स्यामीले केही दिन नेपालमै बिताउने र यहाँका विभिन्न पर्यटकीय स्थलको भ्रमण गर्ने योजना बनाएकी छन्।

    images

    नेपालको प्राकृतिक सुन्दरता र हिमाली क्षेत्रप्रति आफू आकर्षित रहेको बताउँदै उनले नेपाली हिमालको भ्रमण गर्ने इच्छा व्यक्त गरेकी छन्। नेपालको प्राकृतिक सौन्दर्य नजिकबाट अवलोकन गर्ने र यहाँका पर्यटकीय गन्तव्यको अनुभव लिने उनको चाहना रहेको छ।

    images
    images
    images

    थाई–ब्रिटिस पृष्ठभूमिकी स्यामीले सन् २०२६ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजित मिसेस वर्ल्ड २०२५ को उपाधि जितेकी थिइन्। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सफलता हासिल गरेकी उनी मानवीय सेवा, सञ्चार तथा महिला सशक्तीकरणका क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन्।

    उनलाई प्रतियोगिताको आयोजक संस्था रिबन इन्टरटेनमेन्टले नेपाल निमन्त्रणा गरेको हो।मिसेस नेपाल वर्ल्ड २०२६ को फिनालेमा उनको विशेष उपस्थितिले प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान र आकर्षण थप बढाउने आयोजकको अपेक्षा छ।

    स्यामीको नेपाल भ्रमणले नेपाली पर्यटनको अन्तर्राष्ट्रिय प्रचारप्रसारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी विश्वस्तरमा परिचित व्यक्तित्वमार्फत नेपालको हिमाली सौन्दर्य र पर्यटकीय सम्भावना विश्वसामु चिनाउने अवसरका रूपमा उनको भ्रमणलाई हेरिएको छ।

    प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १७:२६:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको