१३ कार्तिक गोरखा । गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटीले जिल्लाको विकास निर्माण, बजेट व्यवस्थापन तथा स्थानीय समस्याका विषयमा सरकारका दुई मन्त्रीसँग छलफल गरेका छन्।
सांसद बुर्लाकोटीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेट गरी गोरखाका विकास आयोजना, आवश्यक बजेट व्यवस्थापन तथा जिल्लाले भोगिरहेका विभिन्न समस्याबारे छलफल गरेका हुन्।
छलफलका क्रममा जिल्लामा सञ्चालन भइरहेका तथा अघि बढाउनुपर्ने विकास आयोजनालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने विषय उठाइएको सांसद बुर्लाकोटीले जानकारी दिएका छन्।
गोरखाको समग्र विकासलाई गति दिन आवश्यक बजेटको व्यवस्था, पूर्वाधार निर्माण तथा स्थानीयस्तरमा देखिएका समस्याको समाधानका विषयमा मन्त्रीहरूसँग कुराकानी भएको उनले बताएका छन्।मन्त्रीहरूसँगको छलफलपछि सांसद बुर्लाकोटीले विकास र बजेटका विषयमा सकारात्मक प्रगति भइरहेको संकेत गर्दै ‘ग्राफ सकारात्मक–उकालोमा छ’ भन्ने प्रतिक्रिया दिएका छन्।