Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ

नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ

जोईन खबर

३०, जेठ २०८१
  • 706
    SHARES
  • नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ

    ३० जेठ काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२४ क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान नेपालले टेस्ट राष्ट्र श्रीलंकाबिच खेल रोकीएको छ ।

    images

    आज नेपालले दोस्रो खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण ढिलाइ भएको छ ।वर्षाका कारण टससमेत हुन सकेको छैन । नेपाल र श्रीलंकाबिच खेल हुने दिन फ्लोरिडाको मौसम खासै गतिलो रहने छैन ।यो स्टेडियममा मंगलबार हुने भनिएको अभ्यास सत्र पनि वर्षाका कारण प्रभावित भएको थियो ।

    images
    images
    images

    बुधबार पनि मेघ गर्जनसहित वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा टेस्ट राष्ट्र श्रीलंका आठौँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो आईसीसी वरीयताको १७औँ स्थानमा रहेको छ । 

     

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - ०५:३२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको