३० असार काठमाडौँ । त्रिशूली नदीमा तीन अघिदेखि दुर्घटना भई बेपत्ता भएको दुई बस खोजीकार्य भई रहेको छ । यस घटना अबिर बर्षासंगै गएको पहिरोमा परि बेपत्ता भएका बस र बसमा यात्र गर्ने ३ जना बाहेक सबै बेपत्त हुदा सशस्त्र प्रहरी बल नेपालले ९० जनाको सुरक्षा टोली अटाई ओजी कार्य गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदीसम्म खोजी कार्य गरेका थिए । घटनास्थलदेखि एक किलोमिटर तल तथा ९भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म० खोजी कार्य गर्ने सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदी किनारामा पैदलगस्ती गर्दै खोजी कार्यको लागि परिचालन भएको छ । अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानीले गर्दा सोनार क्यामरा र अन्य डिभाइसहरूको प्रयोग गर्दा समेत बेपत्ताहरूको खोजीकार्य गर्न असहज भएको बताइएको छ ।
खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित छन् । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९, सिमलतालबाट त्रिशूली नदीमा खसेर दुर्घटना भए को थियो । उक्त दुर्घटना शुक्रबार बिहान करिब साढे ३ बजे तिर माथिबाट खसेको पहिरोले दुई तर्फीको बस पुरिएर बेपत्ता भएको हो । बस र त्यसमा रहेका यात्रुहरु समेत बेपत्ता भएका हुन् ।