Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

जिल्लामा भएको मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम उपरकोटी ,दोस्रो गोतामे र तेस्रो विश्वकर्मा

जिल्लामा भएको मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम उपरकोटी ,दोस्रो गोतामे र तेस्रो विश्वकर्मा

जोईन खबर

३०, आषाढ २०८१
  • 1.1K
    SHARES
  • जिल्लामा भएको मावि स्तरिय वक्तृत्वकला प्रतियोगितामा  प्रथम उपरकोटी ,दोस्रो गोतामे र तेस्रो विश्वकर्मा


    ३० असार काठमाडौँ । २११ औँ भानु जयन्तीको अवसरमा आयोजित प्रथम अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजारकी छात्रा आकृति उपरकोटी प्रथम भएकी छन् । यस बक्तुत्वकला प्रतियोगिता  ग्लोबल गोरखा समाजको आयोजनामा हिजो शनिवार गोरखा जिल्लामा  आयोजन गरिएको ‘राष्ट्र निर्माणमा गोरखाको योगदान, विगतदेखि वर्तमान’ विषयक वक्तृत्वकला प्रतियोगितामा भएको थियो ।

    images

    यस प्रतियोगितामा प्रथम महालक्ष्मी मावि लक्ष्मीबजारकी आकृति उपरकोटी,दोस्रो जनशक्ति मावि नाम्जुङकी आरिया गोतामे र भिमोदय मावि आरुघाटका प्रदिप विश्वकर्मा तेस्रो भएका छन् । यसमा प्रथम हुने उपरकोटीले नगद रु ५० हजारसहित शिल्ड मेडल प्रमाणपत्र प्रप्ता गरे भने, अरु दोस्रो भएका गोतामेले नगद रु ३५ हजारसहित  शिल्ड, मेडल र प्रमाणपत्र र प्रतियोगितामा तेस्रो हुने बिधार्थीले नगद रु  २० हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको समाजका उपसंयोजक इन्द्रराज भट्टले बताए । प्रतियोगितामा यस संस्थाले सान्त्वना हुनेलाई समेत पुस्कृत गरेको थियो । प्रतियोगिता सान्त्वना हुनेमा सिरानचोकको जनकल्याण माविकी सरस्वती नेपाली र पालुङटार नगरपालिकाको धर्मोदय मावि  सामूयल श्रेष्ठ लाई नगद १० हजारसाथ मेडल र प्रमाणपत्रले पुस्कृत गरिएको थियो । प्रतियोगितामा जिल्लाका दश स्थानीय तहका १९ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।

    images
    images
    images

    kun.jpg

    प्रत्येक स्थानीय तहबाट दुई जनाका दरले ९एक जना छात्रा अनिवार्य कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको थियो । प्रतियोगितामा स्थानीय तहका ११ वटा पालिका बाट  १९ जना बिद्यार्थीको सहभागिता रहेको थिए भने, एक  चुमनुव्री वाहेक सबै सहभागीता भएका थिए । सहभागिमा ९ देखि १२ कक्षासम्म अध्ययनरत बिद्यार्थीहरु प्रतियोगितामा सहभागी थिए । उक्त  कार्यक्रममा समाजका नेपाल संयोजक यदु लामिछानेको अध्यक्षतामा र जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियार, गोरखा नगरपालिकका प्रमुख कृष्ण राना, उपप्रमुख मसली माया थोकर लगायतको उपस्थिति थिए । 

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - १४:२०:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको