Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सदस्य सचिव घिसिङद्धारा झुठो र भ्रामक समाचारको खण्डन

सदस्य सचिव घिसिङद्धारा झुठो र भ्रामक समाचारको खण्डन

जोईन खबर

३०, आषाढ २०८१
  • 727
    SHARES
  • सदस्य सचिव घिसिङद्धारा झुठो  र भ्रामक  समाचारको खण्डन

    ३० असार काठमाडौँ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले झुठा र भ्रामक समाचार प्रकाशित गर्ने सन्चार सस्था विरुद्ध कानूनी कारवाहीका लागि नेपाल प्रेस काउन्सीलमा निवेदन दिएका छन् । सो खवरले व्यवसायीक आचार संहिता उल्लंघन गरेको भन्दै कानूनी कारवाहीका लागि काउन्सीलमा निवेदन दिएको घिसिङले बताएका छन् ।

    images

    राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव हुन स्नातक तह उत्तीर्ण योग्यता आवश्यक पर्नेमा सो प्रमाण पत्र पेश नगरि नियुक्ती भएको भन्दै नेपालफेस नामक अनलाइन खवरले २०८१ असार २८ गतेको अंकमा प्रकाशित समाचार झुठो भएको दावी सहित कारवाहीका लागि निवेदन दिएका छन् ।  काल्पनिक समाचारबाट आफ्नो मान प्रतिष्ठा तथ सार्वजनिक जीवनमा आँच पुगेको भन्दै कसैले व्यक्तीगत तुष्टि पुरा गर्ने उदेश्यबाट अख्तियार दुरुपयोग अनुसन्धन आयोगमा दिएको उजुरीको हवाला दिदै प्रकाशित भएको समचार प्रति आफ्नो गंभिर ध्यानाकर्षण भएको घिसिङको भनाई छ ।

    images
    images
    images

    समाचार प्रकाशित गर्दा तथ्यको परिक्षण गर्नु सन्चारकर्मीको सामान्य धर्म हो । तर त्यति पनि नगरि समाचार प्रकाशित गर्दा पत्रकार आचार संहिता विपरत भएको छ निवेदनमा उल्लेख गरिएको छ ।तथ्यको दोहोरो परिक्षण नगरि कपोल्कल्पित र भ्रामक समाचार प्रकाशित गर्ने सस्था र सो अनलाईनका प्रधान सम्पादकलाई प्रेस काउन्सील ऐन २०४८ को दफा १२ बमोजिम कारवाहीको लागि  निवेदन दिएको सदस्य सचिव घिसिङले जानकारी दिएका छन् ।आफुले २०६८ सालमा विभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्य लक्ष्मी क्याम्पस, भृकुटटीमण्डपबाट राजनीति शास्त्रमा स्नातक तह उत्तिर्ण गरेको भन्दै घिसिङले आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी सहित काउन्सीलमा निवेदन दिएका हुन ।

    प्रकाशित मिति :आषाढ ३०, २०८१ आइतवार - २२:२६:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको