Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बारपाक सुलिकोटको ताक्लेनान डाँडामा बन्नेको  ‘बुद्ध पार्क‘ मा पर्यटकहरु आकर्षित

बारपाक सुलिकोटको ताक्लेनान डाँडामा बन्नेको  ‘बुद्ध पार्क‘ मा पर्यटकहरु आकर्षित

जोईन खबर

२, श्रावण २०८१
  • 1.2K
    SHARES
  • बारपाक सुलिकोटको ताक्लेनान डाँडामा बन्नेको  ‘बुद्ध पार्क‘ मा पर्यटकहरु आकर्षित

    २ साउन काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न १  ताक्लेनान डाँडामा बन्नेको बुद्ध पार्क ले अहिले पर्यटकलाई आकर्षित गराएको छ । यस बारपाक गाउँलेको आफनै परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्यावलोकनका लागि पनि देशविदेशका मान्छे तयहाँ पुगेका हुन्छन् ।

    images

    par.jpg बारपाक सुलिकोट गाउँपालिका वडा न १ बारपाकमा बन्नेका हालको भुकम्प स्मृति पार्क

    images
    images
    images

    अहिले हाल सालै बन्नेको  पार्कमा विभिन्न सुन्दर तथा आकर्षक चित्रा कोरेको देखेर पनि पर्यटकलाई लोभ्याउने गरेको छ । जो काही पनि बारपाक घुम्न आएका पर्यटकहरु बुद्ध पार्क नपुगी कोही फर्कंदैनन्  स्थानीय मनबहादुर घलेले बताए । बारपाकमा यो भन्दा पहिला पनि पर्यटक आउने गरेका भए पनि भुकम्प पछि निमाण भएको  बुद्ध पार्कले बारपाकमा पर्यटकको भिडभाड बढदै गएको स्थानियाहरुको भनाइ छ ।

    बारपाक आफैँमा प्राकृतिक हिसाबले पनि सुन्दर गाउँ रुपमा चिनिने थिए ,त्यहाँको आफ्नै किसिमको कला, संस्कृति र विशेषता छ, त्यसमाथि ताक्लेनान डाँडामा बनेको बुद्ध पार्कले बारपाकीको संस्कृतिलाई थप उजागर गरिदिएको छ । बारपाक आउने पर्यटक बुद्ध पार्कमा घण्टौँसम्म बसेर रमाउने गरेको स्थानिय  घलेले बताउनुभयो ।बारपाकको सिङ्गगो दृश्य देख्न सकिने स्थानमा निर्माण गरिएको बुद्ध पार्कमा करिब पाँच फिट अग्लो बुद्धको मूर्ति आकर्षक ढङ्गले राखिएको छ ।यो बन्नेको पार्कमा बौद्ध धर्म, संस्कृति झल्कने खालका मानीलगायत सामग्री पनि रहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो ।

    buu.jpg                                                              बारपाक बजार

    पार्कमा पुग्ने पर्यटकहरु बारपाकीहरुको संस्कृतिलाई राम्रोसँग बुझ्न र अध्ययन गर्ने अवसर समेत प्राप्त गर्छन् । त्यसैले पनि बुद्ध पार्क बारपाक पुग्ने पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।बुद्ध पार्क ढुङ्गगैढुङ्गगाको कलात्मक सजावटबाट निर्माण गरिएको पार्क हो । पार्कमा बुद्धको मुर्ती राखिएको छ भने नाक्लेनान् बुद्ध पार्क नाम दिइएको छ । पार्कमा पर्यटक आकर्षित गर्ने खालको स्तुपा राखिएको छ ।

    bu.jpg                                                  बुद्ध पार्कको वरपरका क्षेत्रहरु

    यो बुद्ध पार्क स्थानीय पुरबहादुर घलेको संयोजकत्वमा निर्माण सम्पन्न भएको हो ।बारपाकमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भुकम्पले ध्वस्त बनाएको होमस्टे पनि स्थानीयले सुरु गरेका छन् ।बारपाक विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको केन्द्र विन्दु समेत हो । त्यहाँ केन्द्र बिन्दु भएर गएको भुकम्पमा धेरै जनधनको क्षेती संगै पुराना पुराना कला संस्कृतहरु कम हुदै गएको थियो । 
    –––

    प्रकाशित मिति :श्रावण २, २०८१ बुधवार - १३:२०:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको