Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

एसीसी महिला एसिया कपमा आज नेपाल र यूएई भिडदैँ

एसीसी महिला एसिया कपमा आज नेपाल र यूएई भिडदैँ

जोईन खबर

४, श्रावण २०८१
  • 601
    SHARES
  • एसीसी महिला एसिया कपमा आज नेपाल र यूएई भिडदैँ

    ४ साउन काठमाडौँ । एसीसी महिला एसिया कपमा आज नेपाल र यूएई भिडने भएका छन् ।   आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार ९यूएई० को खेल्ने भएको हो ।यस खेल  श्रीलंकाको दाम्बुलास्थित रंगिरी दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो पहिलो खेलमा यूएईसंग खेल्न लागेको हो ।

    images

    खेल नेपाली समयानुसार दिउँसो २स्१५ बजेदेखि सुरु हुने छ ।एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ। प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्।

    images
    images
    images

    नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।  नेपालले यसअघि सन् २०१२ र २०१६ मा एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। दुवै संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

    प्रकाशित मिति :श्रावण ४, २०८१ शुक्रवार - ११:२६:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको