Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 पोखरामा प्रहरी हु म भन्दै धम्की दिएको आरोपमा एक जना युवा पक्राउ 

 पोखरामा प्रहरी हु म भन्दै धम्की दिएको आरोपमा एक जना युवा पक्राउ 

जोईन खबर

८, श्रावण २०८१
  • 790
    SHARES
  •  पोखरामा प्रहरी हु म भन्दै धम्की दिएको आरोपमा एक जना युवा पक्राउ 

    ८ साउन काठमाडौँ । पोखरामा  म प्रहरी हुँ भन्दै धम्की दिएर रकम  असुल गरेको आरोपमा एक जनालाई पोखरा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने युवामा पोखराको  पोखरा महानगरपालिका वडा न  १६ बाटुलेचौरका २१ वर्षीय सुजित क्षेत्री रहेको अनुसन्धानले बताएको प्रहरीले  जनाएको हो ।

    images

    ती पक्राउ गरेका क्षेत्रीले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको पाइएको कास्कीका एसपी मोहनकुमार थापाले बताए ।म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईंहरूको केही काम छ भने भन्नुहोस गरिदिन्छु,’ भनी रकम माग गरेको भन्ने सूचनाको आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेका क्षेत्रीविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा पाँच दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । कास्की प्रहरीले आइतबार पोखराकै लामाचौरबाट उनलाई पक्राउ गरेको हो ।

    प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - १५:११:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको