९ साउन कुवेत । कुवेतमा एक दम्पतीले तीन मिनेटमै बिहे गरेको सम्बन्ध विच्छेद भनेर अदालत पुगी छन् । इन्डी १०० का अनुसार कुवेतमा एउटा अदालतमा बिहे गरेर बाहिर निस्कने क्रममा बेहुली चिप्लिएर लडेकी दुलहीलाई ‘बेवकुफ’ भनेपछि दुई जनाबिच झगडा भएको थियो ।
भर्खरै बिहे गरेका श्रीमानले आफूलाई खिसी गरेपछि बेहुली त्यति नै बेला अदालत भित्र छिरेर न्यायधीससँग ठाउँको ठाउँमै बिहे खारेज गर्न भनेकी थिइन् ।केही क्षणअघि मात्रै बिहे गराइदिएकी बेहुलीले सम्बन्ध विच्छेद मागेपछि न्यायाधीश पनि अक्क न बक्क भएका थिए । तर उनले बेहुलीको कुरा नमानी सुखै पाएनन् ।बिहे भएको ३ मिनेटमै उक्त बिहे रद्द गरियो । यो घटना अहिलेको होइन, सन् २०१९ को हो ।
तर यतिबेला पुनः यो बिहे सामाजिक सञ्जालमा चर्चामा आएको छ । माइक्रोब्लगिङ वेबसाइट एक्समा यो खबर भाइरल भएपछि भिजिटरहरूले यसमा धमाधम प्रतिक्रिया दिइरहेका छन् ।सुरुमै उसले यस्तो व्यवहार गर्छ भने उसलाई छाड्नै बेस हुन्छ’ एक प्रयोगकर्ताले कमेन्ट गरेका छन् । यसअघि सन् २००४ मा बेलायतमा पनि एक जोडीको बिहे ४ घण्टा मात्रै टिकेको थियो । एजेन्सी