११ साउन कनठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुख राजकुमार नकर्मीको उपचारको क्रममा निधन भएको छ । मिर्गौलामा समस्या भएका कारण मेयर नकर्मीको मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले बताए ।
नगरपालिकाको प्रमुख नकर्मीको उपचारमा संलग्न चिकित्सकले गएराति मृत घोषणा गरेका हुन् ।
मेयर नकर्मीका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।