११ साउन काठमाडौँ । चितवनमा दुई वटा सवारी एकआपसमा ठोक्किदा दुई जना चालको जनाको मृत्यु भएको छ । उक्त सवारी साधान नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ५९९६ नम्बरको कन्टेनर र विपरीत दिशा मुग्लिनबाट–नारायणगढतर्फ आउदै गरेको डीडी ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक शुक्रबार बिहान ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।
दुई गाडी नारायणगढ–मुुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका १ भतेरी जङ्गगलमा एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधनका चालक गम्भीर घाइते भएका थिए । दुर्घटनामा भारतीय ट्रकका चालक भारतको उत्तर प्रदेश बस्ने २४ वर्षीय हेहताव आलम र कन्टेनरका चालक पर्साको वीरगञ्ज–२४ वस्ने अन्दाजी ४० वर्षका प्रमोद पटेलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।
दुबै चालकलाई उपचारका लागि सरकारी अस्पतला भरतपुर पु¥याइएको थियो । भारतीय ट्रकका सहचालक भारतको गोरखपुर बस्ने २२ वर्षीय सावन अहमद गम्भीर घाइते हुनुभएको छ । घाइते अहमदको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।