Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नगद र सुनसहित चोरी गरेको आरोपमा नुवाकोटका शाही पक्राउ 

नगद र सुनसहित चोरी गरेको आरोपमा नुवाकोटका शाही पक्राउ 

जोईन खबर

१३, श्रावण २०८१
  • 847
    SHARES
  • नगद र सुनसहित चोरी गरेको आरोपमा नुवाकोटका शाही पक्राउ 

    १३ साउन काठमाडौँ । काठमाडौँ कालो पलु नजिकै चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना युवकलाई प्रहरीले पक्राउ  गरेको छ ।

    images

    चोरी कार्यमा पक्राउ परेका युवा नुवाकोट विदुर नगरपालिका वडा न १७ घर भई हाल काठमाडौँ महानगरपालिका १६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो।

    images
    images
    images

    चोरी गरेका शाहीले  कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

    चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो । 

    प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - १४:५५:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको