Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 सातौं एसिया कप तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

 सातौं एसिया कप तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

जोईन खबर

१४, श्रावण २०८१
  • 748
    SHARES
  •  सातौं एसिया कप तेक्वान्दो पदक विजेतालाई श्री समाजको सम्मान

    १४ साउन काठमाडौँ । सातौं एसिया कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताका पदक विजेता खेलाडीलाई श्री समाज टोखाले सम्मान गरेको छ ।टोखा नगरपालिका वडा ५ मा बस्ने पदक विजेता खेलाडीलाई श्री समाजले सम्मान गरेको हो ।

    images

    गत असार ८ गते भएको प्रतियोगितामा टोखा वडा ५ मा बस्ने रन्जितबहादुर डगौराले स्वर्ण, रघुनाथ भण्डारीले रजत र आभास देवले कांस्य जितेका थिए । टिम व्यवस्थापक सरिता थापा पनि सम्मानित भइन् ।

    images
    images
    images

    टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र श्री समाजका अध्यक्ष श्रीकृष्ण प्याकुरेलले पदक विजेतासहित टिम व्यवस्थापकलाई एक कार्यक्रमबीच सम्मान गरे ।स्वर्ण विजेता डगौराले खेलाडीको सफलताको कदर गर्दै सम्मान गरेकोमा श्री समाजलाई धन्यवाद दिदै आगामी दिनमा पनि खेलकुदको माध्यमबाट राष्ट्रलाई योगदान दिन हरदम प्रयासरत रहने बताए ।

    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - १६:३६:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको