Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाल पौडी संघले पोखरीमा डुबेर ज्यान गुमाउने घटना बढे पछि  जीवन रक्षको लागि तालिम सञ्चालन

नेपाल पौडी संघले पोखरीमा डुबेर ज्यान गुमाउने घटना बढे पछि  जीवन रक्षको लागि तालिम सञ्चालन

जोईन खबर

१५, श्रावण २०८१
  • 1.2K
    SHARES
  • नेपाल पौडी संघले पोखरीमा डुबेर ज्यान गुमाउने घटना बढे पछि  जीवन रक्षको लागि तालिम सञ्चालन

    १५ साउन काठमाडौँ । नेपाल पौडी संघले आयोजन गरेको जीवन रक्षक तालिम एककार्यक्रम बीच आजबाट सुरु भएको छ । पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि नेपाल पौडी सङ्घले जीवन रक्षक तालिम आइतबारदेखि सातदोबाटोको पौडी पोखरीमा सुरु गरेको छ ।

    images

    poudi2.jpg                                             पौडी पोखरीमा तालिम सुरु 

    images
    images
    images

    सङ्घले अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा आइतबारबाट उक्त तालिम सुरु गरेको हो । तालिममा चार महिला र ५३ पुरुष गरी कुल ५७ जना प्रशिक्षार्थी सहभागी छन् । सङ्घले निरन्तर दुई सय मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र उक्त तालिममा सहभागिता गराएको थियो । प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागी भने उक्त प्रशिक्षण तालिममा सफल हुन सकेनन् ।

    poudi3.jpg                                                 पौडी पोखरीमा तालिमको उद्घाटन

    राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का निमित्त सदस्यसचिव अन्जन धमलाले उक्त तालिमको उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको महत्व र आवश्यकताबारे धारणा राखेका थिए । तालिम २०८१ साउन १९ गतेसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । पछिल्ला समय पौडी पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि सङ्घले यो कार्यक्रम अगाडि बढाएको हो ।

    poudi4.jpg                                               पौडी पोखरीमा तालिम लिने  प्रशिक्षार्थीहरू

     

     

    प्रकाशित मिति :श्रावण १५, २०८१ मंगलवार - १०:४२:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको