Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

काठमाडौँ थापाथलीमा पानी ट्याङ्करले  मोटरसाइकलाई ठक्कर दिदा  एक महिलाको मृत्यु

काठमाडौँ थापाथलीमा पानी ट्याङ्करले  मोटरसाइकलाई ठक्कर दिदा  एक महिलाको मृत्यु

जोईन खबर

२०, श्रावण २०८१
  • 760
    SHARES
  • काठमाडौँ थापाथलीमा पानी ट्याङ्करले  मोटरसाइकलाई ठक्कर दिदा  एक महिलाको मृत्यु

    २० साउन काठमाडौँ । काठमाडौँ  थापाथलीमा  पानी ट्याङ्करले मोटरसाइकललाई  ठक्कर दिदा मोटरसाइकलमा सवार गर्ने एक महिलाको मृत्यु भएको छ ।

    images

    दुर्घटना काठमाडौँ  महानगरपालिका वडा न ११ थापाथलीमा माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेस प्रदेश ००३–००१ क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार गर्ने ६२ वर्षीय महिला सरस्वती तुलाधरको घटनास्थलमा मृत्यु भएको  प्रहरीले बताए ।

    images
    images
    images

    ट्याङ्करको ठक्करबाट घाइते सरस्वती तुलाधरलाई  नर्भिक इन्टरनेसनल अस्पतालमा पुराउने बितिकै चिकित्सहरुले उनलाई  मृत्यु  घोषण गरेको ट्राफिक प्रहरीले जनाएको छ । घटनामा मोटरसाइकमा चालक घट्टेकुलो निवासी ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते  भइ उनको उपचार भइ रहेको प्रहरीले जनाए ।

    प्रहरीले ठक्कर दिने ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिनुभयो ।  पानी ट्याङ्कर चालक धादिङ गजुरी गाउँपालिकाको रामकुमार तामाङलाई पनि नियन्त्रण लिएको प्रहरी  बताए  । 

    प्रकाशित मिति :श्रावण २०, २०८१ आइतवार - १३:१५:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको