Logo

मंगलवार, कार्तिक ११ गते २०८३

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

जोईन खबर

२०, फाल्गुण २०७८
  • 856
    SHARES
  • चैत २६ मा ‘जुम्ला‐रारा अल्ट्रा म्याराथन’ हुने

    कर्णाली खेलकुद क्लबको आयोजनामा आगामी चैत २६ गते ४९ किलोमिटर लामो ‘जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८’ हुने भएको छ । जुम्लादेखि मुगुको राराताल जाने पद मार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने उद्देश्यले म्याराथन आयोजना गरिएको आयोजकले जनाएका छ ।

    images

    काठमाडौँमा आज पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनका लागि खेलाडी दर्ता खुला भएको जानकारी दिनुभयो । अहिले आयोजना हुने म्याराथन तेस्रो रहेको जनाइएको छ । यसअघि विसं २०७५ मा पहिलो र २०७६ मा दोस्रा संस्करणको खेल आयोजना गरिएको थियो । कोरोनाका कारण विसं २०७७ मा सञ्चालन हुन नसकेको म्याराथन यसपटक पुनः आयोजना गरिएको उनले जानकारी दिए ।  

    images
    images
    images

    समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलङ्गाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा समापन हुने जनाइएको छ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी ५ देखि ७ घण्टामा पार गर्छन् । विगतमा पुरुष र महिला गरी ३४७ खेलाडीसम्मको सहभागिता रहेको यस खेलको यसपालिको संस्करणमा पनि सोही हाराहारीमा सहभागिता हुने अपेक्षा राखिएको छ । 

    आयोजकका अनुसार अघिल्ला वर्षमा विजयी खेलाडीलाई एक लाख पुरस्कार दिइएकामा यसपालि सोभन्दा बढीको पुरस्कार राशि राखिने भए पनि घोषणा हुन भने बाँकी रहेको जनाइएको छ । यसपालि उत्कृष्ट १० खेलाडी पुरस्कृत हुनेछन् । म्याराथन सम्पन्न गर्न रु ५० लाख लाग्ने अनुमान गरिएको छ । म्याराथनमा सहभागी हुन विदेशीले चार हजार ५०० र नेपालीले एक हजार ६०० शुल्क तिर्नुपर्नेछ । सो रकमबाट रारातालको बाससहित टिसर्ट तथा खाजाखानाको प्रबन्ध गरिएको छ । आगामी चैत २४ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाइएको छ ।

    पत्रकार सम्मेलनमा क्लबका संरक्षक ओलम्पियन तथा अल्ट्रा म्याराथनमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हरिबहादुर रोकायाले खेल क्षेत्रको विकासमा सरकार तथा विभिन्न संस्थाहरुको सहयोगको खाँचो रहेको औँल्याए । सडक मार्गका कारण पदमार्ग जोखिममा परेको भन्दै सहभागिहरुले संरक्षणको माग गरेका छन् । पत्रकार सम्मेलनमा कलाकार निश्चल बस्नेत, नेपाल एथलेटिक्स सङ्घका सचिव आरके विष्ट लगायतले धारणा राखेका थिए । 

    प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १६:००:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको