२८ भदौ काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।
नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, अलराउन्डर कुशल मल्ल, ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाम मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।
तर कुन खेलाडीलाई कस्ले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्र मार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
मार्की खेलाडीको छनोट लक्की ड्र मार्फत निर्धारण हुनेछ’, लामाले भने ।एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर छन् ।