Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

जोईन खबर

२२, आश्विन २०८१
  • 694
    SHARES
  • मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडी

    २२ असोज काठमाडौँ ।मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ तारिखसम्म जर्मनीको फ्रैंफर्टमा हुँदै छ ।ईजीकेल परियार र निराजन मुक्तानले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    images

    ईजीकेलले किक बक्सिङको ७०–७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । निराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङफुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन ९आईसीओ०, जर्मनीको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन उनीहरु बुधबार जर्मनी प्रस्थान गर्ने छन् ।

    images
    images
    images

    टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका नेपाल उमा कुङफु संघका महासचिव भुपेन्द्र गुरुङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

    ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसेका गुरुङले तीनवटै अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पनि जितेका छन् । दुवै खेलाडीबाट पदकको आशा गरिएको गुरुङले बताए ।

    प्रकाशित मिति :आश्विन २२, २०८१ मंगलवार - १६:०५:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको