Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

सङ्खुवासभाको चिचिला भिरमा एक युवाको शव फेला 

सङ्खुवासभाको चिचिला भिरमा एक युवाको शव फेला 

जोईन खबर

२६, कार्तिक २०८१
  • 613
    SHARES
  • सङ्खुवासभाको चिचिला भिरमा एक युवाको शव फेला 

    २६ कात्तिक काठमाडौँ । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आज बिहान  एक युवकको शव फेला परेको छ । घटनाको छानविन गर्दा चिचिला गाउँपालिका वडा न ३ का ३६ वर्षीय विकास राईको शव रहेको प्रहरीले जनाएको छ ।

    images

    चिचिला-३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

    images
    images
    images

    उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको  प्रहरीले जानकारी दिए । शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।

    हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला-३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरि रहेको छ । 

    प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - १०:३६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको