२७ कात्तिक काठमाडौँ । कैलालीमा बोक्सीको आरोप लगाउँदै एक महिलामाथि अमानवीय व्यवहार गरेको आरोपा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका–९, कालाकुण्डामा ५५ वर्षीय महिलामाथि बोक्सी लागेको भन्दै अमानवीय व्यवहार भएको हो ।
यस घटनामा स्थानीय १४ वर्षीया किशोरी बिरामी भएपछि धामीझाँक्रीको काम गर्दै आएका सुनिल मिस्त्रीको घरमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताए ।झाँक्रीले ५५ वर्षीया महिलालाई बोक्सी लागेको आरोप लगाउँदै दुर्व्यवहार गरेका थिए ।
दुई महिलाले पनि कपाल काट्ने र घाँटी न्याक्ने जस्ता अमानवीय व्यवहार गरेपछि अहिले हामीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिए । झाँक्री सुनिल मिस्त्री, ३७ वर्षीया लाली चौधरी र ३० वर्षीया हिरामती चौधरीलाई पक्राउ गरिएको छ ।अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।