२९ कात्तिक काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको बारेमा ज्ञापन पत्र बुझाउने भएको छ ।
प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेर समय मागेको प्रवक्ता मनिष झाले बताए । प्रधानमन्त्रीले समय दिए लगत्तै सांसदहरुले भेटेर ज्ञापन पत्र बुझाउने तयारी छ ।प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्रको विषयमा आज पार्टीका सांसदहरु बसेर छलफल गरेका छन् ।
प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित हुने एक सांसदले बताए ।रास्वपाको यो कदमप्रति प्रधानमन्त्री ओली सन्तुष्ट छैनन् ।