Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

राष्ट्रपति पौडेल स्वदेश फर्किदै

राष्ट्रपति पौडेल स्वदेश फर्किदै

जोईन खबर

३०, कार्तिक २०८१
  • 535
    SHARES
  • राष्ट्रपति पौडेल स्वदेश फर्किदै

    ३० कात्तिक काठमडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतार दोहाबाट काठमाडौँका लागि प्रस्थान गर्नुभएको छ । उहाँलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका पदाधिकारी र कतार सरकारका शिष्टाचार अधिकारीले बिदाई गर्नुभएको थियो ।

    images

    अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२९ मा सहभागी भएर बिहीबार साँझ कतारको दोहा आइपुग्नुभएको थियो ।अजरबैजानका राष्ट्रपति इल्हम अलियेभको निमन्त्रणामा  राष्ट्रपति पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेको थियो ।

    images
    images
    images

    राष्ट्रपति पौडेलले कोप–२९ अन्तर्गत गत मङ्गलबार उच्चस्तरीय सत्रको ‘विश्व नेताहरु जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा प्रथम महिला सविता पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राष्ट्रपतिका विज्ञ एवं सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारीहरु सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।यही कात्तिक २६ देखि सुरु भएको कोप–२९ आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । 

    प्रकाशित मिति :कार्तिक ३०, २०८१ शुक्रवार - १२:५०:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको