Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

आगामी १६ गते हुने उपनिर्वाचनमा ४१० जनाले उम्मेदवारी दर्ता गरे

आगामी १६ गते हुने उपनिर्वाचनमा ४१० जनाले उम्मेदवारी दर्ता गरे

जोईन खबर

३, मंसिर २०८१
  • 595
    SHARES
  • आगामी १६ गते हुने उपनिर्वाचनमा ४१० जनाले उम्मेदवारी दर्ता गरे

    ३ मंसिर काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानिय उपनिर्वाचनको लागि ४४ पदमा ४१० जनाले हिजो उम्मेदवारी दर्ता गरेका छन् ।  देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको हो ।

    images

    उनीहरूमध्ये ६६ जना महिला, ३४२ जना पुरुष र अन्य दुई जना छन् । कैलाली जिल्ला समन्वय समितिको प्रमुखका लागि दुई जना महिलाको उम्मेदवारी परेको छ भने ओखलढुङ्गाको जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका टेकराज भट्टराईको एकल उम्मेदवारी परेको छ ।

    images
    images
    images

    आयोगका अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयर गरी ८ पदमा ३५ महिला र ४८ पुरूषसमेत गरी ८४ जनाको उम्मेदवारी परेको छ ।त्यस्तै, गाउँपालिका र नगरपालिकाका वडाध्यक्षको रिक्त ३४ पदका लागि २९ जना महिला, २९३ पुरुष र एक अन्य गरी ३२३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

    आयोगका अनुसार सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जनाको उम्मेदवारी परेको छ । यही मङ्सिर १६ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

    pp3.jpgpp4.jpg

    प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - ११:१५:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको