९ मंसिर काठमडौँ । केही दिन अघि देखि प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर एउटा यस्तो पत्र लेखेका छन् । आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् ।उनले लेखेका छन्, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ।
उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी ९बिपी कोइराला० को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन पर्यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको समेत बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् । उनले आफूले सार्वजनिक गरेको प्रमाण १०० प्रतिशत सत्य भएको दाबी गर्दै यसबारे छानबिनको माग समेत गरेका छन् ।


