Logo

बुधवार, श्रावण १३ गते २०८३

कुश्माका १२ दिनदेखि बेपत्ता वृद्ध मृत अवस्थामा फेला

कुश्माका १२ दिनदेखि बेपत्ता वृद्ध मृत अवस्थामा फेला

जोईन खबर

१९, मंसिर २०८१
  • 760
    SHARES
  • कुश्माका १२ दिनदेखि बेपत्ता वृद्ध मृत अवस्थामा फेला

    १९ मंसिर काठमाडौँ ।  १२ दिनदेखि बेपत्ता रहेका कुश्माका एक वृद्ध आज बिहान मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुश्मा नगरपालिका–४ जिरो किमीका ७६ वर्षीय पदमबहादुर विक मोदी गाउँपालिका–३ देउरालीको घैटे जङ्गलमा मृत अवस्थामा भेटिएका हुन् ।

    images

    विक गत मङ्सिर ८ गते दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका थिए । मोदी–१ ताङ्लेमा रहेका आफन्तको घरबाट कुश्मास्थित घर जान्छु भन्दै हिँडेका उहाँ एकाएक सम्पर्कविहीन बनेका थिए ।

    परिवारजन, आफन्त र प्रहरीले सोही दिनदेखि खोजतलास गरे पनि विक भेटिएका थिएनन् । मृतक वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १६:०२:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको