Logo

बिहिवार, श्रावण १४ गते २०८३

आज को एनपिएल खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि १७६  रनको लक्ष्य दियो

आज को एनपिएल खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि १७६  रनको लक्ष्य दियो

जोईन खबर

३, पौष २०८१
  • 754
    SHARES
  • आज को एनपिएल खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि १७६  रनको लक्ष्य दियो

    ३ पुस काठमाडौँ । सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएल को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई जितको लागि  प्रतिस्पर्धात्मक १७६ रनको लक्ष्य दिएको छ ।

    images

    आज बिहान किर्तिपुरको टियु क्रिकेट मैदानमा टस हारेर  पहिलो  ब्याटिङ निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन जोडेको छ ।  कर्णालीका लागि कोल्सावालाले सर्वाधिक ५३ रन,विलियम बोसिस्टोले  ५२ रन चाल्डिक वाल्टन ४६ रन जोड्दै नट आउट भएको थिए ।

    यसै गरी देव खनालले ३ रन,जिशान मक्शुदले १४ रन जोडे ।चितवनका लागि सोहेल तन्भिरले २ तथा रवि बोपारा, शरद भेषवाकर र कुशल मल्लले समान १ विकेट लिए ।

    लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यो खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग बिहीवार खेल्नेछ ।

    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - १०:५७:०८ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको