३ पुस काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सले जितको लागि सुदूरपश्चिम रोयल्सलेलाई जितको लागि १४० रनको सामान्य लक्ष्य दिएको छ ।
किर्तिपुर टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन जोडेको हो ।
जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन,शुभ कसांकार २६ रन बनाउँदै रन आउट भए । लाहिरु मिलन्था १२ रनमा आउट भए । आसिफ शेख ११ रन,हर्ष ठाकर १२ रन,मोहम्मद मोहसिन ३ रनसुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ तथा अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १ विकेट लिए ।
यस खेलको विजेता टोली पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान बनाउँने छ । दोस्रो क्वालिफायरको विजेता र यस खेलको विजेता उपाधीका लागि खेल्नेछन् ।