२१ पुस काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा कार खसेको छ । आज बिहान बी ए ए ८७१४ नम्बरको सेतो रंगको कार मदन भण्डारी कलेज नजिकको खोलामा खसेर उत्तानो परेको थियो ।
कार चालक विनोद विक्रम केसीले जिम गर्न जाँदै गर्दा सडकमा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् ।
कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको बताए । प्रहरीका अनुसार अब केही समयामा कार निकाल्ने काम हुने बताए ।