Logo

मंगलवार, श्रावण १२ गते २०८३

समृद्ध ताकु युवा समाजको १० औँ बार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन  पुस २७ गते हुने

समृद्ध ताकु युवा समाजको १० औँ बार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन  पुस २७ गते हुने

जोईन खबर

२२, पौष २०८१
  • 1.7K
    SHARES
  • समृद्ध ताकु युवा समाजको १० औँ बार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन  पुस २७ गते हुने

    २२ पुस काठमाडौँ । समृद्ध ताकु युवा समाजको  १० औँ साधारणसभा तथा पाँचौँ अधिवेशन  पुस २७ गते हुने भएको छ । समृद्ध ताकु युवा समाजको मंसिर २९ गते शनिबार बसेको कार्यसमिति बैठकको निर्णय अनुसार संस्थाको १० औँ बार्षिक साधारण सभा पॅाचौं अधिवेशन मदर्श बैकंकेट रानीबन काठमाडौंमा हुन लागेको हो ।

    images

    नयाँ कार्यसमिति चयनको लागि निर्वाचन मण्डल गठन गरिएको छ । निर्वाचन मणडलका संयोजकमा बाबुराम भट्ट , सदस्यहरु शुभद्रा बस्नेत र कुमार थापा रहेका छन् । यस संस्थाको पुस २७ गते हुने कार्यक्रममा  संस्थाको आर्थिक बार्षिक २०८०/०८१ को प्रगति प्रतिवेदन प्रस्तुत ,आर्थिक बार्षिक २०८०/०८१ को  लेखा परिक्षक प्रतिवेदन पारित, आर्थिक बार्षिक २०८०/०८१ को लेखा परिक्षक नियुक्ति, नयाँ कार्यसमिति निर्वाचन, आगामी बर्षको बार्षिक कार्यक्रम तथा अनुमानित बजेट सार्वजानिक हुने संस्थाका अध्यक्ष राजन लामिछानेले बताउनु भयो ।

    गोरखा बारपाक सुलिकोट गाउॅपालिका वडा नं ५ ताकुमाझ लाकुरिबोट र वडा नं ६ ताकुकोटबाट काठमाडौं आई बिभिन्न पेसा ब्यबसाय र अध्य्यन गर्नु हुने युवाहरु संगठित भई आफ्नो गाउँ र ठाउँमा केही सामजिक सेवा गर्नु पर्छ भनेर बनेको यो संस्थाले दुई वटा वडा स्तरीय कार्यक्रम गरिरहेको  अध्यक्ष लामिछानेले जानकारी दिनुभयो। उक्त संस्थाले स्थापना काल देखिको गाउँमा र काठमाडौंमा रहेर आफ्नो गाउँ र गाउँपालिकाको जनसमुदायलाई समस्या परेको बेला जुन सुकै किसिमको समस्या परेकालाई आर्थिक  सहयोग  गर्ने गरेको छ ।

    संस्थाले सहयोग अभियान संचालन मार्फत एम्बुलेन्स खरिद गरि  लाकुरिबोट र ताकुकोट वासीलाई सुपथ मुल्यमा एम्बुलेन्स सेवा दिईरहेको उपाध्याक्ष राजेन्द्र रायामाझीले बताउनु भयो । उपाध्यक्ष रायामाझीका अनुसार आफ्नो गाउँलाई राम्रो संग सामाजिक रूपमा परिबर्तन गर्ने हेतुले बनेको यो संस्थारुपमा समृद्ध ताकु युवा समाज रहेको पनि जानकारी दिनु भयो।

    यस संस्थाले हरेक बर्ष जस्तै यो बर्ष पनि गर्न लागे साधारण सभामा जेष्ठ नागरिकहरुलाई सम्मानीत गर्ने तयारी गरेकोछ । आजीवन सदस्य प्रमाणपत्र वितरण समेत गर्ने तयारी रहेको अध्यक्ष लामिछानेले जानकारी दिनु भयो । २७ गते हुने साधारण सभामा संस्थाको आजीवन सदस्यहरु, सल्लाहकाहरु, कार्यसमिति पूर्व पदाधिकारी एवं सदस्यहरु, ताकुबासी दाजुभाई दिदिबहिनीहरु लगायत बारपाक सुलिकोट गाउँपालिका तथा गोरखा जिल्लाबाट काठमाडौंमा बस्ने बुद्धीजिवि तथा बिधार्थीहरुलाई  कार्यक्रम उपस्थिति भई भव्यरुपमा सफल पार्न अनुरोध गर्नु भएको छ ।

    प्रकाशित मिति :पौष २२, २०८१ सोमवार - ०७:३८:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको