२३ पुस काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान गएको भूकम्प पछि भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । एकाबिहानै भूकम्पको धक्का गएपछि ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षित रहन सबैलाई आग्रह गरेका हुन् ।
शुभ बिहानी १ हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन्। सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला।’, प्रधानमन्त्रीले आफ्नो फेसबुकमार्फत भनेका छन् ।
बिहान ६ बजेर ५० मिनेटमा खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।