Logo

मंगलवार, श्रावण १२ गते २०८३

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजानिक

गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजानिक

जोईन खबर

९, माघ २०८१
  • 970
    SHARES
  • गायक सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजानिक

    ९ माघ काठमाडौं । अमेरिकामा बसोबास गर्दै नेपाली संगीतमा निरन्तर क्रियाशिल गायक रवि सुवेदीको नयाँ गीत ‘वाह रे जमुना’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शंकर ज्वलाको शब्द र विकास चौधरीको संगीतमा तयार गरिएको यस गीतको संगीत संयोजन संजय हमालले गरेका छन् ।गीत देउडा लोक भाकामा तयार गरिएको छ ।

    images

    जसमा गायक सुवेदीले आफ्नो प्रेमिकालाई माया सागरमा सयल गराउन आग्रह गरेका छन् । गीतमा प्रेमका भावनाहरूलाई सुन्दर शब्दमा प्रस्तुत गरिएको छ । जसमा प्रेमिकासँग जीवन बिताउने इच्छा व्यक्त गरिएको छ ।म्युजिक भिडियोलाई शिव ढकालले छायांकन गरेका छन्, जबकि विनोद बमले सम्पादन गरेका छन् ।

    कमल राईको कोरियोग्राफी र निर्देशनमा तयार गरिएको यो भिडियोमा गायक रवि सुवेदी र नायिका रचना शिवाकोटीको अभिनय र नृत्य प्रमुख आकर्षण बनेको छ ।यस गीतको म्युजिक भिडियो नेपाली संगीत प्रेमीहरूको बीचमा आकर्षणको केन्द्र बनेको छ र गायक रवि सुवेदीको संगीत यात्रा थप उचाइमा पुग्ने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :माघ ९, २०८१ बुधवार - १०:५८:१४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको