Logo

मंगलवार, श्रावण १२ गते २०८३

जसपा केन्द्रीय समितिको बैठक बस्दै, एकता नयाँ उचाइमा पुगेको दाबी

जसपा केन्द्रीय समितिको बैठक बस्दै, एकता नयाँ उचाइमा पुगेको दाबी

जोईन खबर

२९, फाल्गुण २०७८
  • 1.2K
    SHARES
  • जसपा केन्द्रीय समितिको बैठक बस्दै, एकता नयाँ उचाइमा पुगेको दाबी

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दै छ।

    images

    काठमाडौंको डिल्ली बजारस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे जसपाको केन्द्रीय समितिको बैठक बस्ने भएको हो। 

    बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ।

    जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईका अनुसार देशभरका एक हजार जना नेताहरूको उपस्थितिमा शनिबार सम्पन्न जसपाको प्रथम संघीय परिषद् बैठकले ‘समसामयिक राजनीति र जसपाको कार्यदिशा’ सर्वसम्मतिले पारित गरेको छ। 

    स्थानीय निर्वाचनमा होमिने निर्णयसँगै जसपाको वैचारिक र सांगठनिक एकता नयाँ उचाइँमा पुगेको दाबी उनले गरेका छन्। 

    भट्टराईले लेखेको राजनीतिक प्रतिवेदनबारे केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिनेछ।

    साथै बैठकमा कार्यकारिणी समितिको विस्तार, कार्यविभाजन, नेतृत्व प्रणालीको बारेमा छलफल हुने नेताहरूले बताएका छन्। 

    यसअघि एमसीसीलगायत विषयमा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच आन्तरिक द्वन्द्व चलिरहेको थियो। पार्टी नै फुट्नेसम्मको चर्चा चलेको थियो। तर अहिले विवाद समाधान भएको जसपा नेताहरूको दाबी छ।

     

    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १०:५९:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको