Logo

मंगलवार, श्रावण १२ गते २०८३

नासाले बाहिर निकाल्यो चन्द्रमामा मानिस पुर्‍याउने नयाँ विशाल रकेट (तस्बिरसहित)

नासाले बाहिर निकाल्यो चन्द्रमामा मानिस पुर्‍याउने नयाँ विशाल रकेट (तस्बिरसहित)

जोईन खबर

६, चैत्र २०७८
  • 1.0K
    SHARES
  • नासाले बाहिर निकाल्यो चन्द्रमामा मानिस पुर्‍याउने नयाँ विशाल रकेट (तस्बिरसहित)

    अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मानवसहित चन्द्रमामा पठाउन तयार गरेको विशाल रकेट प्रक्षेपण केन्द्रमा पुर्‍याएको छ।

    images

    इञ्जिन जाँचका लागि स्पेस लञ्च सिस्टम एसएलएस भनिने उक्त यान फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्याड ३९बी मा लगिएको हो।

    जाँच सफल भए यो रकेट चन्द्रमामा मानवरहित परीक्षण क्याप्सुल लिएर जाने कामका लागि तयार हुने छ। तर त्यसका लागि अझै केही महिना लाग्ने छ।

    यो दशकको अन्त्यतिर अन्तरिक्षयात्रीहरू एसएलएसमा सवार भएर चन्द्रमाको सतहमा पुग्ने आकलन गरिएको छ।

    अन्तरिक्षयानलाई प्रक्षेपण केन्द्रमा लगिँदै गरेको दृश्य हेरेपछि नासाका प्रशासक बिल नेल्सनले "अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गर्न लागेको" बताए।

    "यो नयाँ सिमानामा पुग्ने तयारी गरिरहेको छ," उनले भने।

    "यो पुस्ताले अन्तरिक्षयात्रीहरूलाई चन्द्रमामा पुर्‍याउने छ। हामीले पहिलो महिला र पहिलो अश्वेत व्यक्तिलाई चन्द्रमामा पुर्‍याउँदै छौँ।"

    उनले नासाको आर्टेमिस कार्यक्रमले मङ्गल ग्रहमा मानव पुर्‍याउने लक्ष्यका लागि फड्को मार्ने बताए।

    एसएलएस रकेट

    तस्बिर स्रोत,NASA/AUBREY GEMIGNANI

    एक सय मिटर अग्लो भीमकाय एसएलएस १९६० र १९७० का एपोलो यानहरूभन्दा शक्तिशाली यान हो।

    अन्तरिक्षयात्रीहरूलाई पृथ्वीबाट टाढासम्म लैजान मात्र नभएर उनीहरूलाई लामो समयसम्म आवश्यक पर्न सक्ने उपकरण समेत यसले बोक्न सक्छ।

    केनेडीको भिइकल एसेम्ब्ली बिल्डिङबाट पहिलो पटक बिहीवार बाहिर निकालिएको थियो।

    एसएलएस रकेट

    तस्बिर स्रोत,NASA

    यसलाई जडान कक्षबाट फ्लोरिडाको समय अनुसार साँझ ५:४७ बजे बाहिर निकालिएको थियो।

    मोबाइल लञ्चर भनिने ठूलो संरचनासहित यान बाहिर निकालिएको थियो।

    आफैँमा १२० मिटर अग्लो र ५,००० टन गह्रौँ यो संरचनाले यसअघि अरू अन्तरिक्ष यानहरू बोकेको थियो।

    यान बोकेको यो साधनले एक घण्टामा एक किलोमिटर दूरी मात्र तय गर्न सक्छ।

    यो साधन ६.७५ किलोमिटरको दूरी पार गर्दै लञ्च प्याडमा पुग्दा शुक्रवार बिहान ४:१५ भएको थियो।

    एसएलएसलाई आगामी एप्रिल ३ मा हुने भनिएको अक्सिजन सहितका सामग्रीहरूको परीक्षण 'वेट ड्रेस रिहर्सल'का लागि तयार गरिने छ।

    एसएलएस रकेट

    तस्बिर स्रोत,NASA/AUBREY GEMIGNANI

    यसको पिँधमा राखिएका चार वटा ठूला इञ्जिनहरू चल्न सुरु भएको केही क्षणमै रकेटले जमिन छोड्ने छ।

    इन्जिनियरहरूले यसको सबै परीक्षण पूरा गरेपछि मात्रै नासाले प्रक्षेपणको मिति तय गर्छ।

    यसको प्रक्षेपण मेको अन्त्यतिर वा जुन वा जुलाईमा हुने ठानिएको छ।

    आर्टेमिस-१ लक्ष्य अनुसार रकेटबाट मानवरहित क्याप्स्यूल २६ दिनको यात्रामा चन्द्रमाको कक्षमा पठाइने छ।

    त्यसको केही वर्षमा हुने दोस्रो प्रक्षेपणबाट मात्र मानिसलाई बोक्ने छ।

    एसएलएस रकेट

    तस्बिर स्रोत,NASA/JOEL KOWSKY

    नासाले एसएलएस बनाइरहँदा अमेरिकी व्यवसायी इलोन मस्कले त्यसभन्दा पनि ठूलो यान बनाइरहेका छन्।

    उनले आफ्नो विशाल रकेटलाई स्टारसीप नाम दिएका छन्।

    एसएलएस जस्तो मध्यम दूरीको उडान चाहिँ यसले भर्न बाँकी नै छ।

    त्यसलाई पुन: प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएको छ भने सञ्चालनका लागि पनि सस्तो पर्ने ठानिएको छ।

    नासाले पहिलो चार एसएलएस मिसनका लागि चार अर्ब अमेरिकी डलर खर्च हुने आकलन गरेको छ।

    प्रकाशित मिति :चैत्र ६, २०७८ आइतवार - १५:४८:४७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको