Logo

बुधवार, श्रावण १३ गते २०८३

रोनाल्डोले रचे अर्काे कीर्तिमान

रोनाल्डोले रचे अर्काे कीर्तिमान

जोईन खबर

२९, फाल्गुण २०७८
  • 823
    SHARES
  • रोनाल्डोले रचे अर्काे कीर्तिमान

    क्रिस्टियानो रोनाल्डोले गोलमा अर्को कीर्तिमान बनाएका छन्। 

    images

    इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका तर्फबाट उनले टोटनहमविरुद्ध २ का विरुद्ध ३ गोल गरेका हुन्। 

    योसँगै फिफाको अभिलेखअनुसार क्लब तथा देशका लागि रोनाल्डाको गोल संख्या ८ सय ७ पुगेको छ। यो अन्तर्राष्ट्रिय फुटबलमा पुरुष खेलाडीका लागि सबैभन्दा बढी गोल हो। 

    यो जितपछि म्यानचेस्टरको २९ खेलबाट ५० अंक भएको छ। जितसँगै म्यानचेस्टरले अर्को सिजन युरोपेली च्याम्पियन्स लिग खेल्ने सपना पुनःजीवित भएको छ।  

    लिगका आठ खेलमा पाँचौंपटक हारेको टोटनहमको भने आफ्नै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ। २७ खेलबाट ४५ अंक जोड्दै टोटनहम सातौं स्थानमा छ। 

    इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार नै भएकाअन्य खेलमा लिभरपुलले ब्राइटनलाई २–० तथा ब्रेन्टफोर्ड बर्नलीलाई २–० ले हराएका छन्। 

    प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १४:१५:१७ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको