Logo

मंगलवार, श्रावण १२ गते २०८३

कालिगण्डकी नदीमा सेतिबेनी पुल निर्माण सम्झौता भएको २ वर्षपछि सुरु !!!!

कालिगण्डकी नदीमा सेतिबेनी पुल निर्माण सम्झौता भएको २ वर्षपछि सुरु !!!!

जोईन खबर

२५, बैशाख २०८०
  • 958
    SHARES
  • कालिगण्डकी नदीमा सेतिबेनी पुल निर्माण  सम्झौता भएको २ वर्षपछि सुरु !!!!

    २५ बैशाख काठमाडौ।कालिगण्डकी नदीमा सेतिबेनी मोटरेबल पुल सम्झौताको २ वर्ष पुग्नै लाग्दा निर्माण थालनी भएको हो ।कालिगण्डकी नदी सेतिबेनीमा २०७८ असार ३१ गते रायमाझीह्य/ राजेश्वरी जेभिले ४५ महिनामा पुल निर्माण सक्नेगरी सम्झौता गरेको थियो।स्याङ्जाको गल्याङ नगरपालिका ५ र गुल्मीको कालिगण्डकी गाउँपालिका जोड्ने मोटरेबल पुल डिजाइनको निर्माण र स्वीकृतमा ढिलाइ हुँदा सम्झौताको २२ महिनापछि काम सुरु भएको हो ।

    images

    पुल महाशाखा काठमाडौँले पुल सेक्टर पोखराले अनुगमन गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।पुल ११ करोड ८६ लाख ४५ हजार रुपियाँमा निर्माण हुन लागेको पुल दुई स्पानमा एक सय मिटर लम्बाइ र चौडाइ ११ मिटर रहेको छ भने पुल पाइल फाउण्डेन्समा बन्नेछ । 

    आफ्नै डिजाइन भएकाले कुनै प्राविधिक समस्या नआउने र पाइलिङको काम भइरहेकाले समयमै पुल निर्माण हुने गिरीले बताउनुभयो । सम्झौतापश्चात् पाउने १० प्रतिशत पेस्की समेत नपाएको बताउँदै गिरीले आफैँ निर्माणको काम अगाडि बढाएको र राज्यले समयमै बजेटको व्यवस्था गरेमा काम सकिने बताउनुभयो ।पुल निर्माणसँगै विश्वकै सबैभन्दा ठूलो शिला शालिग्राम हेर्न आउने पर्यटक तथा स्याङ्जा र गुल्मीका नागरिकलाई आवतजावतमा प्रत्यक्ष फाइदा हुने कुरा पुल महाशाखा सेक्टर पोखराका सब इन्जिनियर श्रीकृष्ण बरालले बताउनुभयो ।

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १५:११:०५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको