Logo

बुधवार, कार्तिक १२ गते २०८३

आमाको औषधी किन्ने पैसा नहुँदा भौतारिँदै आएका बालकलाई आशिकाको डेढ लाख सहयोग,मोबाइल र न्यानो कपडा उपहार

आमाको औषधी किन्ने पैसा नहुँदा भौतारिँदै आएका बालकलाई आशिकाको डेढ लाख सहयोग,मोबाइल र न्यानो कपडा उपहार

जोईन खबर

२२, पौष २०८२
  • 640
    SHARES
  • आमाको औषधी किन्ने पैसा नहुँदा भौतारिँदै आएका बालकलाई आशिकाको डेढ लाख सहयोग,मोबाइल र न्यानो कपडा  उपहार


    २२ पुस काठमाडौँ । आमाको उपचारका लागि औषधी किन्ने पैसा नहुँदा वीर अस्पताल परिसरमा औषधीको कागज बोकेर भौतारिँदै आएका दैलेखका १२ वर्षीय बालक अकबर खानलाई अभियन्ता आशिका तामाङले आर्थिक सहयोग गरेकी छन्।

    images

    वीर अस्पतालमा उपचाररत अकबरकी आमाको मुटुमा गम्भीर समस्या रहेको छ। डाक्टरले लेखिदिएको औषधी बीमाबाट उपलब्ध नभएपछि बाहिरबाट खरिद गर्नुपर्ने भए पनि महंगो औषधी किन्ने पैसा नहुँदा अकबर अस्पताल परिसरमै भौतारिँदै आएका थिए। अकबरका बुबाको यसअघि नै निधन भइसकेको छ।

    images
    images
    images

    अकबरको उक्त पीडादायी अवस्था समेटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अभियन्ता आशिका तामाङले मानवताका आधारमा सहयोगको हात बढाएकी हुन्। आशिका तामाङले वीर अस्पतालमै पुगेर बालक र उनकी आमालाई १ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेकी छन्।

    त्यसैगरी, उनले अकबरलाई मोबाइल फोन र न्यानो कपडा समेत उपहारस्वरूप प्रदान गरेकी छन्। सहयोग प्रदान गर्दै आशिका तामाङले अकबरको उपचार र शिक्षामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।स्थानीय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि आशिका तामाङको मानवीय कार्यको प्रशंसा गरेका छन्।

     

    प्रकाशित मिति :पौष २२, २०८२ मंगलवार - १२:५९:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको