Logo

मंगलवार, श्रावण १२ गते २०८३

गोर्खामा दुई नामको चर्चा चुलिँदैः  गुरुङ र पन्त

गोर्खामा दुई नामको चर्चा चुलिँदैः  गुरुङ र पन्त

जोईन खबर

२२, पौष २०८२
  • 703
    SHARES
  • गोर्खामा दुई नामको चर्चा चुलिँदैः  गुरुङ र पन्त

    २२ पुस काठमाडौँ ।आगामी राजनीतिक गतिविधि र नेतृत्वको बहससँगै गोर्खा जिल्लामा यतिबेला दुई नाम विशेष चर्चामा सुदन गुरुङ र सन्तोष पन्त छन्। स्थानीय राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म यी दुई व्यक्तित्वको चर्चा तीव्र रूपमा बढ्दै गएको छ। सुदन गुरुङ पछिल्लो समय सक्रिय राजनीति, संगठन विस्तार र युवामाझको लोकप्रियताका कारण चर्चामा छन्।

    images

    उनी परिवर्तनको एजेन्डा बोकेर अघि बढेको युवा नेतृत्वका रूपमा चिनिँदै आएका छन्। स्थानीय तहमा भएका विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा उनको सक्रिय उपस्थितिले गोर्खामा नयाँ विकल्पको रूपमा उनलाई हेर्ने क्रम बढेको स्थानीयको भनाइ छ।

    त्यसैगरी, सन्तोष पन्त पनि गोर्खाली राजनीतिमा चर्चित नामका रूपमा स्थापित हुँदै गएका छन्। लामो समयदेखि सामाजिक अभियान, जनसरोकारका विषय र स्थानीय मुद्दामा आवाज उठाउँदै आएका पन्तलाई अनुभवी र स्पष्ट वक्ता नेताका रूपमा हेरिने गरिएको छ।

    विकास, सुशासन र जवाफदेहिताको सवालमा उनको निरन्तर सक्रियताले समर्थक संख्या बढ्दै गएको बताइन्छ।स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार गोर्खामा देखिएको यो नयाँ चर्चा परम्परागत राजनीतिबाट फरक धारको संकेत हो।

    “अब गोर्खाली जनताले अनुहारभन्दा एजेन्डा खोज्न थालेका छन्, त्यसैले सुदन गुरुङ र सन्तोष पन्तजस्ता नामहरू स्वाभाविक रूपमा अगाडि आएका हुन्,” एक विश्लेषकले बताए।यद्यपि दुवै पक्षबाट औपचारिक उम्मेदवारी वा आगामी राजनीतिक योजनाबारे स्पष्ट घोषणा भने भइसकेको छैन। तर बदलिँदो राजनीतिक माहोलसँगै यी दुई नामले गोर्खाको राजनीतिक बहसलाई थप चर्काएको स्पष्ट देखिन्छ।

    प्रकाशित मिति :पौष २२, २०८२ मंगलवार - १६:२९:१३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको